भारतीय नौसेनाको आयोजनामा महासागर अन्तरक्रिया सम्पन्न | Khabarhub Khabarhub

भारतीय नौसेनाको आयोजनामा महासागर अन्तरक्रिया सम्पन्न


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समुद्री सुरक्षाबारे छलफल गर्न भारतीय नौसेनाको आयोजनामा महासागर नामक अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा भारतीय नौसेनाका कमाण्डर एडमिरल दिनेश कुमार त्रिपाठीले हिन्द महासागरमा अवस्थित मुलुकहरु केन्या, बंगलादेश, श्रीलंका, मदागस्कर, मौरिसस, माजाम्बिक, सेसेल्स, तान्जानिया, कोमोरोस, मालदिभ्सका नौसेनाका प्रतिनिधिसँग छलफल गरेका छन् ।

भर्चुअल विधिबाट सम्पन्न अन्तरक्रियामा हिन्द महासागर क्षेत्रमा उत्पन्न नौसैनिक चुनौतीको सामना गर्ने विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘मरिटाइम हेड्स फर एक्टिभ सेक्युरिटी एण्ड ग्रोथ फर अल इन द रिजन (महासागर)’ को बैठक हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको छ ।

यस अन्तरक्रियामा सहभागी मुलुकका प्रतिनिधिहरुले रक्षा सहकार्यमा जोड दिएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ३ : ४१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’