हेन्ड्रिक्सको शतकमा दक्षिण अफ्रिकाको जित « Khabarhub

हेन्ड्रिक्सको शतकमा दक्षिण अफ्रिकाको जित


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेजा हेन्ड्रिक्सको शतकको सहयोगमा दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टी-२० मा सात विकेटको जित हात पारेको छ। २०७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले तीन बल बाँकी रहँदा तीन विकेटको क्षतिमा २१० रनको योगफल खडा गरेको हो।

पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हेन्ड्रिक्सले ६३ बलमा ११७ रनको योगदान गरे। उनले ७ चौका र १० छक्का प्रहार गरे। रुबेन भास डुसेन अविजित रहँदै ३८ बलमा ६६ रन जोडे। उनले ३ चौका र ५ छक्का प्रहार गरे। पाकिस्तानका जहनदाद खानले १० ओभरमा ४० रन खर्चेर २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा २०६ रनको योगफल खडा गरेको हो। पाकिस्तानका सायुम अयुबले अविजित रहँदै ५७ बलमा ९८ रन जोडे। उनले ११ चौका र ५ छक्का प्रहार गरे। यरफान खानले १६ बलमा ३० रनको योगदान गरे।

दक्षिण अफ्रिकाका डायम गालमले डेब्यु खेलमै शानदार बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। उनको बलमा सुरुवातमै ३ रनमा रहेको अवस्थामा दक्षिण अफ्रिकाले अयुबको सहज म्याच छाडेको थियो।

 

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : ०५ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको