बुटवलमा जिप दुर्घटना, तीनजनाको मृत्यु | Khabarhub Khabarhub

बुटवलमा जिप दुर्घटना, तीनजनाको मृत्यु


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

उपचारका लागि बिरामी बोकेर गएराति बुटवल आउँदै गरेको लु२च २४८० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गौरीलाई एक्कासि दम बढेपछि उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको थियो । उक्त जिप बुटवल–१३ स्थित अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १० : ३६ बजे

स्वास्थ्य सम्मेलन : विदेशिएको जनशक्ति फर्काउन पहल गरिने

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश

गुल्मीको छत्रकोटमा भोलिदेखि जिपलाइन सञ्चालनमा आउने

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ ।

छेङ्दुबाट पोखरा आइपुग्यो चिनियाँ चार्टर्ड विमान

पोखरा- चीनबाट एउटा चार्टर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको

सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा

पखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय

प्रयागराज महाकुम्भमा पहिलो पटक अन्डरवाटर ड्रोनको प्रयोग

नयाँदिल्ली– महाकुम्भ २०२५ ले विश्वभरका भक्तहरूलाई अनुपम अनुभव प्रदान गर्नेछ,