मधेसका पर्यटकीय गन्तव्यमा ‘पर्यटक प्रहरी’ थपिँदै « Khabarhub

मधेसका पर्यटकीय गन्तव्यमा ‘पर्यटक प्रहरी’ थपिँदै


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – मधेस–प्रदेशका पर्यटकीय गन्तव्यमा शान्तिसुरक्षाको सु–व्यवस्था मिलाउन पर्यटक प्रहरी थपिने भएका छन् । गर्न तथा विदेशी पर्यटकलाई सहजीकरण गर्न मधेस–प्रदेशका प्रमुख गन्तव्यमा पर्यटक प्रहरी थपको प्रक्रिया प्रारम्भ भएको छ ।

 हाल जनकपुर र वीरगञ्जमा मात्र पर्यटक प्रहरीको व्यवस्था भएकामा अब ठोरी गाउँपालिकामा नयाँ इकाई स्थापनाको प्रक्रिया प्रारम्भ गरिने भएको छ । उक्त पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पर्यटक प्रहरीका निम्ति आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आप्mनो पालिका तयार रहेको बताए।

वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्तले पर्यटक प्रहरीको अभावमा मधेस घुम्न आउने विदेशी पर्यटकले सास्ती बेहोर्नु परेकाले त्यसो हुन नदिन थप सुरक्षाकर्मी परिचालन गर्न स्थानीय प्रशासनसँग आफूहरूले अनुरोध गरेको बताए।

मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले मधेस प्रदेशमा पर्यटकीय क्षेत्रको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मीलाई पर्यटक प्रहरीका रूपमा परिचालन गर्न सकिने बताए।

मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री शकिल अलि मियाँले प्रदेश सरकार पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढेको बताए। वीरगञ्ज नाका हुँदै भारतीय पर्यटकहरू जनकपुर, गढीमाईलगायत यहाँका धार्मिक स्थलको भ्रमणमा जाने गरेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ४ : ४१ बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन