मधेसका पर्यटकीय गन्तव्यमा 'पर्यटक प्रहरी' थपिँदै | Khabarhub Khabarhub

मधेसका पर्यटकीय गन्तव्यमा ‘पर्यटक प्रहरी’ थपिँदै


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – मधेस–प्रदेशका पर्यटकीय गन्तव्यमा शान्तिसुरक्षाको सु–व्यवस्था मिलाउन पर्यटक प्रहरी थपिने भएका छन् । गर्न तथा विदेशी पर्यटकलाई सहजीकरण गर्न मधेस–प्रदेशका प्रमुख गन्तव्यमा पर्यटक प्रहरी थपको प्रक्रिया प्रारम्भ भएको छ ।

 हाल जनकपुर र वीरगञ्जमा मात्र पर्यटक प्रहरीको व्यवस्था भएकामा अब ठोरी गाउँपालिकामा नयाँ इकाई स्थापनाको प्रक्रिया प्रारम्भ गरिने भएको छ । उक्त पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पर्यटक प्रहरीका निम्ति आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आप्mनो पालिका तयार रहेको बताए।

वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्तले पर्यटक प्रहरीको अभावमा मधेस घुम्न आउने विदेशी पर्यटकले सास्ती बेहोर्नु परेकाले त्यसो हुन नदिन थप सुरक्षाकर्मी परिचालन गर्न स्थानीय प्रशासनसँग आफूहरूले अनुरोध गरेको बताए।

मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले मधेस प्रदेशमा पर्यटकीय क्षेत्रको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मीलाई पर्यटक प्रहरीका रूपमा परिचालन गर्न सकिने बताए।

मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री शकिल अलि मियाँले प्रदेश सरकार पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढेको बताए। वीरगञ्ज नाका हुँदै भारतीय पर्यटकहरू जनकपुर, गढीमाईलगायत यहाँका धार्मिक स्थलको भ्रमणमा जाने गरेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ४ : ४१ बजे

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य

प्रहरी नायव निरीक्षकमा ७७ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी

इयु–अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

ब्रसेल्स – युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं – प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा