अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट | Khabarhub Khabarhub

अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँग भेट गरेका छन् ।

विदेशमन्त्रीले इराकको सुरक्षा, स्थिरता र सार्वभौमसत्ताप्रति अमेरिकाको प्रतिबद्धतालाई जोड दिए।

‘इराकी प्रधानमन्त्री सुडानी र मैले सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गर्न भेट्यौँ । मैले इराकको सुरक्षा, स्थिरता र सार्वभौमिकताप्रतिको हाम्रो प्रतिबद्धतालाई जोड दिएँ,’ ब्लिन्केनले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।

अल जजीराका अनुसार ब्लिन्केन र अल–सुदानीले सिरियाको तानाशाहीबाट प्रजातन्त्रमा परिवर्तनको आवश्यकतालाई समावेशी र सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको लागि छलफल गरे ।

सिरियाका नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल–बसिरले विदेशमा रहेका सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्ने कुरालाई आफ्नो प्रमुख लक्ष्यका रूपमा लिएका छन् ।

अल–बशीरले देशमा स्थायित्व पुनर्स्थापना गर्ने प्रयासहरूको एक भागको रूपमा विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई स्वदेश फर्काउने लक्ष्य राखेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ५ : १० बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको