अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट « Khabarhub

अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँग भेट गरेका छन् ।

विदेशमन्त्रीले इराकको सुरक्षा, स्थिरता र सार्वभौमसत्ताप्रति अमेरिकाको प्रतिबद्धतालाई जोड दिए।

‘इराकी प्रधानमन्त्री सुडानी र मैले सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गर्न भेट्यौँ । मैले इराकको सुरक्षा, स्थिरता र सार्वभौमिकताप्रतिको हाम्रो प्रतिबद्धतालाई जोड दिएँ,’ ब्लिन्केनले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।

अल जजीराका अनुसार ब्लिन्केन र अल–सुदानीले सिरियाको तानाशाहीबाट प्रजातन्त्रमा परिवर्तनको आवश्यकतालाई समावेशी र सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको लागि छलफल गरे ।

सिरियाका नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल–बसिरले विदेशमा रहेका सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्ने कुरालाई आफ्नो प्रमुख लक्ष्यका रूपमा लिएका छन् ।

अल–बशीरले देशमा स्थायित्व पुनर्स्थापना गर्ने प्रयासहरूको एक भागको रूपमा विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई स्वदेश फर्काउने लक्ष्य राखेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ५ : १० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका