श्रीलंकाको २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’मार्फत उत्पादन « Khabarhub

श्रीलंकाको २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’मार्फत उत्पादन


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजन्सी – श्रीलंकाले सन् १९९० देखि सन् २०२३ सम्म ५ दशमलव ३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका १७९ आर्थिक रूपमा बन्द सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजनाहरू कार्यान्वयन गरेको छ ।

एसियाली विकास बैंक (एडीबी) को पछिल्लो प्रकाशन प्रतिवेदनमा यी परियोजनाहरूमध्ये अधिकांश विद्युत् र बन्दरगाह क्षेत्रमा केन्द्रित रहेका उल्लेख गरिएको छ ।

कुल एक सय ६२ आयोजना विद्युतसँग सम्बन्धित थिए भने पाँच वटा बन्दरगाहमा केन्द्रित थिए, जुन निजी क्षेत्रको सहभागिताका लागि प्रमुख क्षेत्र बनेका छन् ।

एडीबीका अनुसार, पीपीपीले बन्दरगाह सञ्चालनको गुणस्तर र दक्षता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । पीपीपी मार्फत विकसित टर्मिनलहरूले अहिले देशको पोर्टको लगभग ७० प्रतिशत कार्य गरिरहेको छ ।

श्रीलंकाको लगभग २५ प्रतिशत बिजुली हाल पीपीपी परियोजनाहरू मार्फत उत्पादन गरिन्छ । एडीबीले श्रीलंकामा आर्थिक रूपमा बन्द भएका पीपीपी परियोजनाहरूमध्ये अधिकांश सक्रिय रहेको र तीनवटा मात्र परियोजनाहरू रद्द भएको देखाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ६ : ११ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र