श्रीलंकाको २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’मार्फत उत्पादन « Khabarhub

श्रीलंकाको २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’मार्फत उत्पादन


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजन्सी – श्रीलंकाले सन् १९९० देखि सन् २०२३ सम्म ५ दशमलव ३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका १७९ आर्थिक रूपमा बन्द सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजनाहरू कार्यान्वयन गरेको छ ।

एसियाली विकास बैंक (एडीबी) को पछिल्लो प्रकाशन प्रतिवेदनमा यी परियोजनाहरूमध्ये अधिकांश विद्युत् र बन्दरगाह क्षेत्रमा केन्द्रित रहेका उल्लेख गरिएको छ ।

कुल एक सय ६२ आयोजना विद्युतसँग सम्बन्धित थिए भने पाँच वटा बन्दरगाहमा केन्द्रित थिए, जुन निजी क्षेत्रको सहभागिताका लागि प्रमुख क्षेत्र बनेका छन् ।

एडीबीका अनुसार, पीपीपीले बन्दरगाह सञ्चालनको गुणस्तर र दक्षता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । पीपीपी मार्फत विकसित टर्मिनलहरूले अहिले देशको पोर्टको लगभग ७० प्रतिशत कार्य गरिरहेको छ ।

श्रीलंकाको लगभग २५ प्रतिशत बिजुली हाल पीपीपी परियोजनाहरू मार्फत उत्पादन गरिन्छ । एडीबीले श्रीलंकामा आर्थिक रूपमा बन्द भएका पीपीपी परियोजनाहरूमध्ये अधिकांश सक्रिय रहेको र तीनवटा मात्र परियोजनाहरू रद्द भएको देखाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ६ : ११ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने