संवैधानिक संकटबीच जर्जियामा इयुप्रति वफादार राष्ट्रपति नियुक्त « Khabarhub

संवैधानिक संकटबीच जर्जियामा इयुप्रति वफादार राष्ट्रपति नियुक्त


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्जियाको सत्तारुढ दलले शनिबार विवादास्पद निर्वाचन प्रक्रियामा इयुप्रति वफादार अति दक्षिणपन्थी व्यक्तिलाई शनिबार राष्ट्रपतिमा नियुक्त गरेको छ ।

जर्जियाको सत्तारुढ ड्रिम पार्टीले गत अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा विजय हासिल गरेपनि जर्जियामा पछिल्लो समय राजनीतिक संकट देखिएको छ । गत महिना युरोपियन युनियन (इयु) को सदस्यता वार्ता स्थगित गर्ने उसको निर्णयपछि इयुको पक्षमा व्यापक प्रदर्शनहरू भएका छन् ।

सत्तारुढ जर्जियाली ड्रिम पार्टीको नियन्त्रणमा रहेको र विपक्षीले बहिष्कार गरेको ‘इलेक्टोरल कलेज’ले मिखाइल काभेलाश्विलीलाई २२४ मतका साथ पाँच वर्षे कार्यकालका लागि देशको आगामी नेतामा निर्वाचित गरेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष जियोर्जी कलान्ड्रिश्विलीले जानकारी दिए।

विपक्षीले शनिबारको निर्वाचनलाई ‘नाजायज’ भन्दै निन्दा गर्दै वर्तमान राष्ट्रपति सालोम जुराबिश्विली देशको एक मात्र वैध नेता रहेको बताएका छन् । जर्जियाली ड्रीमसँग विवादमा रहेका पश्चिमसमर्थक जुराबिश्भिलीले पद छोड्न अस्वीकार गरेका छन् र नयाँ संसदीय निर्वाचनको माग गरिरहेका छन् ।

शनिबार बिहान प्रदर्शनकारीहरू संसद भवन बाहिर भेला हुन थालेपछि उक्त स्थानलाई प्रहरीले घेराहालेको थियो । प्रदर्शनकारीमध्ये एक ४० वर्षीया नाटिया अप्खाजाभाले आफू ‘आफ्नो देशको युरोपेली भविष्यको रक्षाका लागि’ प्रदर्शनमा आएको बताए।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ७ : ५२ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम