धादिङमा बस दुर्घटना, आठ जना घाइते | Khabarhub Khabarhub

धादिङमा बस दुर्घटना, आठ जना घाइते


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । बस आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु२ख ६६७६ नंको बस धादिङको गल्छी गाउँपालिका–६ सुत्केरी ढुङ्गामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए

उनका अनुसार दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका–३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगङ्गा नगरपालिका–३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका–१ का ४२ वर्षीय चित्रबहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका–७ का ३१ वर्षीय सुकराम कार्की, ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका–१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका– १ का ४२ वर्षीय राजकुमार दास घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका आठैजनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँको बिएन्डबी अस्पताल रेफर गरिएको छ । बस चालक रुपन्देहीको सैनामैना नगरपालिका–९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : २६ बजे

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन बोलाउने तयारी

हेटौँडा– बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन यही माघ १० गतेदेखि बस्ने

खो खो विश्वकप : आज नेपाल र भारतबीच उपाधि भिडन्त

काठमाडौं– खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको

सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

बागलुङ– निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका