झापा कपः त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत | Khabarhub Khabarhub

झापा कपः त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

झापा – विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि सुरु भएको ‘झापा कप–२०८१’ प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।

आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टोलीका ‘स्ट्राइकर’समेत रहेका खेलाडी जिलेस्पीजङ्ग कार्की र दिशान्त राईले गोल गरेका थिए । खेलको २५औँ मिनेटमा कार्कीले मोरङका डिफेण्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । उनले मैदानको मध्यभागमा ‘सिङ्गल’ खेल्दै बललाई ‘पोस्ट’को दिशा दिए ।

आर्मीका लागि अर्को गोल खेलको ८२औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको ‘पास’मा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् । खेलको ४७औँ मिनेटमा ‘अनमार्क’ रहेका दीपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो ।

खेलको ‘प्लेयर अफ दी म्याच’ आर्मीका दिशान्त राई घोषित भए । उनले नगद रु १० हजार पुरस्कार पाए । आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।

आजदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आगामी पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद रु १० लाख तथा उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने आयोजक क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रतियोगितामा नेपालका नौ र भारतको एउटा गरी १० वटा क्लबको सहभागिता रहेको छ ।

खेलको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : ४० बजे

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिन आवश्यक : कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका

समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही