तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न | Khabarhub Khabarhub

तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ अन्तर्गतको पहिलो दिन छनोट चरणका खेलहरू सम्पन्न भएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले वार्षिक रूपमा राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

काठमाडौंको गल्फुटार स्केटपार्कमा भएको प्रतियोगिताको पहिलो दिनमा दुई सय ५० जना पुरूष र एक सय ५० जना महिला खेलाडीको छनोट चरणका खेलहरू भएको आयोजक सङ्घका केन्द्रीय महासचिव सत्य थापाले जानकारी दिए ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरूष र महिलातर्फ खुल्ला फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिताअन्तर्गत प्रथम हुनेले रू १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेल पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइनेछ ।

रोल्लर स्केट खेलअन्तर्गत फ्री–स्टाइल विधामा जिकज्याक विधा खेलाइने आयोजक सङ्घका महासचिव थापाले जानकारी गराए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : ५३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले