सिरियामा आइएस समूहद्वारा ६ कृषकको हत्या « Khabarhub

सिरियामा आइएस समूहद्वारा ६ कृषकको हत्या


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

बेरुत – चरमपन्थी आक्रमणका लागि कुख्यात सिरियाली मरुभूमि क्षेत्रमा इस्लामिक स्टेट समूहका लडाकूहरूले शनिबार छ जना कृषकको हत्या गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।

“इस्लामिक स्टेट समूहका लडाकुहरूले शनिबार बिहान पाल्मायरा शहरको दक्षिणमा छ जना गोठालाको हत्या गरेका छन् ।,” बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था ९सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स० ले जनाएको छ ।

जिहादीहरूले ‘गोठालालाई मारेका र उनीहरूका चौपाया चोरेका’ बेलायतस्थित उक्त संस्थाले जनाएको छ । आइएसले सन् २०१४ मा सिरिया र इराकको ठूलो भूभागमा कब्जा गरी उक्त क्षेत्रलाई स्लामिक राज्य (खलिफा) घोषणा गरेको थियो ।

समूहले सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भूभाग गुमाएको थियो, तर यसका अवशेषहरूले अझै पनि घातक आक्रमणहरू गरिरहेका छन् । उनीहरूको प्रभाव विशेष गरी दमास्कसको बाहिरी इलाकाबाट इराकी सीमासम्म फैलिएको छ ।

हालैका वर्षहरूमा उसका अधिकांश आक्रमणहरू कुर्द नेतृत्वका लडाकुहरू वा राष्ट्रपति बशर अल असदको अपदस्थ सरकारका वफादारहरूलाई लक्षित गरी गरिएका छन् । इस्लामिक विद्रोही समूह हयात तहरीर अल–शाम र उसका सहयोगीहरू आइतबार दमास्कसमा प्रवेश गरेपछि असद सिरियाबाट पलायन भएका थिए ।

असदलाई सत्ताच्युत गरेयता सिरियाली मरुभूमिमा आइएसले छवटा आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ । उनीहरूले १८ जना सर्वसाधारण र ५० भन्दा बढी असद सैनिकको हत्या गरेका थिए । क्षेत्रीय भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीएका अधिकारीहरूलाई असदको पतनपछि सिरियामा आइएसको पुनरुत्थानविरुद्ध काम गर्नु ‘अपरिहार्य’ भएको बताएका थिए ।

बिहीबार एर्दोगानले ब्लिन्केनसँग टर्कीएले सिरियामा आइएसविरुद्धको लडाइँमा कहिल्यै पनि सहज नहुने आश्वासन दिनुभएको थियो । यद्यपि अमेरिका समर्थित कुर्द लडाकुहरूविरुद्ध टर्कीले चरमपन्थीहरूलाई नियन्त्रण गर्न महत्वपूर्ण मानिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १० : ०५ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले