काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा | Khabarhub Khabarhub

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई एक्स–रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ ।

वडा नंं १० ले मध्यबानेश्वरमा स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट बिहीबारदेखि उक्त सेवा नागरिकलाई उपलब्ध गराइएको हो । वडाध्यक्ष रामकुमार केसीले नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए ।

‘आकस्मिक अवस्था आइपरेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स–रेसम्मको सेवा दिन सक्छौँ । यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै जानेछौँ । सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो । यसका लागि प्रवर्द्धनात्मक कार्यक्रम चलाएका छौँ । अस्पतालको सेवा लिनैपरे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ । यसमा हामी सचेत छौँ’, केसीले जानकारी दिए ।

त्यस क्रममा प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले स्वास्थ्य सेवाको विस्तारका लागि अन्तर सरकार सम्बन्धलाई विकास गर्न बाँकी रहेको उल्लेख गरे ।

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा नं १९ कङ्केश्वरी, वडा नंं २६ लैनचौर र वडा नं ३० ज्ञानेश्वर स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई स्वास्थ्य बीमाको पहिलो सम्पर्क बिन्दुका रूपमा प्रयोगमा ल्याइसकिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ९ : २३ बजे

नेपाली सेनाले भन्यो- भ्रामक र झुटा सुचनामा विश्वास नगरौं

काठमाडौं- नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम

आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह 

पोखरा–  हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको

सामान्य बन्दै पोखराको जनजीवन

गण्डकी– जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

काठमाडौं – शुक्रबार बिहान नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली– तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्