चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ « Khabarhub

चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

बागमती – चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज सुनचाँदी पसलेसहित दुई जनालाई पक्राउ गरेको छ ।

हेटौँडाको उपमहानगरपालिका–८ कमाने निवासी सन्तोष अधिकारीको घरबाट चोरी भएको गरगहनासहित हेटौँडा उपमहानगरपालिका–१५ निवासी मनोज पुलामीमगर र हेटौँडास्थित शिवशक्ति सुनचाँदी पसलका सञ्चालक २५ वर्षीय धिरज विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यही कात्तिक ७ गते अधिकारीको घरबाट सुनका गरगहना, नगद तथा मोबाइलसमेत चोरी भएको सूचनाका आधारमा चोरीमा सङ्लग्न व्यक्तिको खोजतलास गर्ने क्रममा मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

चोरीमा सङ्लग्न मगरले चोरीका गरगहना, नगद र मोबाइलमध्ये केही सुनका गरगहना शिवशक्ति सुनचाँदी पसलका सञ्चालक विश्वकर्मालाई बिक्री गरेको बताएपछि निजलाई पनि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुबाट चोरीका साढे तीन तोला सुन र पाँच तोला चाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनामाथि अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको छ । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : ४९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले