घट्यो नेपाल टेलिकमको कुल आय र खुद मुनाफा, कारण ओटीटीदेखि पेन्सनसम्म « Khabarhub

घट्यो नेपाल टेलिकमको कुल आय र खुद मुनाफा, कारण ओटीटीदेखि पेन्सनसम्म

खुद मुनाफा १४.२० प्रतिशतले घट्दा प्रतिशेयर आम्दानी ३८.६६ रुपैयाँ


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी स्वामित्वको दूरसञ्‍चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)को कुल आय र खुद मुनाफा घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख भएअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास तुलनामा टेलिकमको कुल आय ४.४९ प्रतिशत र खुद मुनाफा १४.२० प्रतिशतले कम भएको हो ।

टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ कुल आय भएको जनाएको छ । सो रकम गत आर्थिक वर्षको सोही त्रैमासको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँको तुलनामा ५८ करोड ५० लाख ५७ हजार रुपैयाँ अर्थात् ५.४९ प्रतिशतले कम हो ।

टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आठ अर्ब ६८ करोड एक लाख ८५ हजार रुपैयाँ कुल सञ्चालन आय गरेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा भएको आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ तुलनामा नौ करोड ५१ लाख २२ हजार रुपैयाँ अर्थात् १.११ प्रतिशतले बढेको टेलिकमले जानकारी दिएको छ ।

मुनाफातर्फ चालु आर्थिक वर्षको पहिलो तीन महिनामा टेलिकमले एक ७३ करोड ९५ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा दुई अर्ब दुई करोड ७४ लाख ३१ हजार रुपैयाँ तुलनामा २८ करोड ७८ लाख ४१ हजार रुपैयाँ अर्थात् १४.२० प्रतिशत कमी हो ।

टेलिकमले यो अवधिमा कर अघिको मुनाफा तीन अर्ब ५५ करोड ३६ लाख ९३ हजार रुपैयाँ कमाएको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तीन अर्ब ३३ करोड ९३ लाख ४३ हजारको तुलनामा २१ करोड ४३ लाख ५० हजार रुपैयाँ अर्थात् ६.४२ प्रतिशतले बढी हो । हाल टेलिकमको कम्पनीको प्रति शेयर आम्दानी (वार्षिक) ३८.६६ रुपैयाँ छ ।

किन घट्यो खुद मुनाफा ?

टेलिकमले गत आर्थिक वर्षको तुलनामा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुमा विभिन्न सात कारण देखाएको छ ।

ओभर दि टप (ओटीटी) सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आर्थिक वर्षको तुलनामा करिब १९ करोड ४२ लाख ४४ हजार रुपैयाँले कमी भएको टेलिकमले जनाएको छ । साथै, ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस र एसएमएस सेवाको आयमै नकारात्मक प्रभाव पारिरहेको टेलिकमले जानकारी दिएको छ।

‘राष्ट्रको संचारֹ भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको, सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएकाले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको पनि टेलिकमको तर्क छ ।

सेवा संचालनको लागि आवश्यक ब्याण्डविथ विगत वर्षभन्दा कम दरमा खरिद गरिएकाले सेवा संचालन खर्चमा कमी आएको, कम्पनीले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पुसदेखि लगानी गर्न नसकेको तथा सो सम्बन्धी भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केही बैंकमा रहेका मुद्दती निक्षेपहरूलाई परिपक्व अवधिभन्दा अगाडी फुकुवा गरी भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु। ५७ करोड ९८ लाखले कमी भएको पनि टेलिकमले उल्लेख गरेको छ

कम्पनीले गत आर्थिक वर्षदेखि योगदानमा आधारित पेन्सन योजना लागू गरेको साथै कम्पनीले पेन्सन, उपदान तथा बिदाबापत डिफाइन्ड बेनेफिट अब्लिगेशनको लगि राखिएको सम्पत्तिमा चालु आर्थिक वर्षमा नौ अर्ब एक करोड रुपैयाँ छुट्टाई नेपाल लेखामान १९ अनुसार खर्च लेखांकन गरेको गर्नु पनि मुनाफा घट्नुको कारण रहेको जनाएको छ ।

यसअन्तर्गत योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा डिफाइन्ड बेनेफिट असेट्समा रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पनि मुनाफामा पर्न गएको टेलिकमको दाबी छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ३९ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत