रेमिट्यान्स १५.५ प्रतिशतले बढ्यो, निर्यात ५.१ प्रतिशतले घट्यो | Khabarhub Khabarhub

देशको आर्थिक तथा वित्तीय स्थिति

रेमिट्यान्स १५.५ प्रतिशतले बढ्यो, निर्यात ५.१ प्रतिशतले घट्यो


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) १५.५ प्रतिशतले बढ्दा नेपालबाट विदेशतर्फ बस्तु तथा सेवा निर्यात ५.१ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा रेमिट्यान्स र निर्यातबीच विपरीत अवस्था देखिएको हो ।

दशैँ र तिहार लगायत उपभोग बढी हुने चाडपर्वको छेकोमा उपभोग्य बस्तु तथा सेवा खरिद गर्न विदेशबाट साविकभन्दा बढी रेमिट्यान्स पठाइएको र विदेशतर्फ निर्यात हुने गरेको सामानकै केही हिस्सा समेत स्वदेशमै खपत भएको हो । भदौमा आयात १.१ प्रतिशतले बढेको र निर्यात ५.१ प्रतिशतले घटेको हो ।

केन्द्रीय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको भदौमा यस्तो मुद्रास्फीति अर्थात् महँगी ८.१९ प्रतिशत थियो ।

शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ र अमेरिकी डलरमा १६ अर्ब चार करोड रहेको छ ।

भदौ मसान्तसम्म नेपाल सरकारको खर्च एक खर्ब ३७ अर्ब ५५ करोड र राजस्व परिचालन एक खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ भएको छ

विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको हो । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ५ : ०५ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ