रेमिट्यान्स १५.५ प्रतिशतले बढ्यो, निर्यात ५.१ प्रतिशतले घट्यो « Khabarhub

देशको आर्थिक तथा वित्तीय स्थिति

रेमिट्यान्स १५.५ प्रतिशतले बढ्यो, निर्यात ५.१ प्रतिशतले घट्यो


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) १५.५ प्रतिशतले बढ्दा नेपालबाट विदेशतर्फ बस्तु तथा सेवा निर्यात ५.१ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा रेमिट्यान्स र निर्यातबीच विपरीत अवस्था देखिएको हो ।

दशैँ र तिहार लगायत उपभोग बढी हुने चाडपर्वको छेकोमा उपभोग्य बस्तु तथा सेवा खरिद गर्न विदेशबाट साविकभन्दा बढी रेमिट्यान्स पठाइएको र विदेशतर्फ निर्यात हुने गरेको सामानकै केही हिस्सा समेत स्वदेशमै खपत भएको हो । भदौमा आयात १.१ प्रतिशतले बढेको र निर्यात ५.१ प्रतिशतले घटेको हो ।

केन्द्रीय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको भदौमा यस्तो मुद्रास्फीति अर्थात् महँगी ८.१९ प्रतिशत थियो ।

शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ र अमेरिकी डलरमा १६ अर्ब चार करोड रहेको छ ।

भदौ मसान्तसम्म नेपाल सरकारको खर्च एक खर्ब ३७ अर्ब ५५ करोड र राजस्व परिचालन एक खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ भएको छ

विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको हो । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ५ : ०५ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै