एकै व्यक्तिबाट बिल बिनाको साढे १७ हजार स्पाज्मो ट्याब्लेट बरामद « Khabarhub

एकै व्यक्तिबाट बिल बिनाको साढे १७ हजार स्पाज्मो ट्याब्लेट बरामद


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरानको तीनकुने प्रवेशद्धारस्थित प्रहरीको चेकजाँच टोलीले ठूलो परिमाणमा बिल बिनाको औषधी बरामद गरेको छ ।

बरामद औषधीसहित प्रहरीले बिराटनगर महानगरपालिका – १२ बस्ने २७ वर्षीय राकेश कुमार यादवलाई पक्राउ गरेको हो । यादवलाई सोमबार बेलुका सात बजे पक्राउ गरे पनि आज दिउँसोमात्र सार्वजनिक गरेको हो ।

यादवको साथबाट प्रहरीले १७ हजार ५०० ट्याब्लेट स्पाज्मो डाइसाइक्लोमाइन औषधी बरामद गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो औषधी विषेशगरी पेट र छातीमा अति गम्भीर दुखाई हुँदा चिकित्सकको अनुमतिबाट मात्र बिरामीले मेडिकल हलबाट किनेर खान पाउँछन्‌ ।

भद्रपुरबाट धरान आउँदै गरेको को १ ख ७४५१ यात्रुवाहक वस चेकजाँच गर्दा जेब्रा झोलामा लुकाएर ल्याएको स्पाज्मो प्रोक्सिभन औषधी बरामद गरेको प्रहरीले जनाएको छ । बिनाबिलको औषधीसहित पक्राउ परेका राकेशकुमार यादवलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित लागुऔषध ओसारपसारमा प्रहरीले कडाइ गर्न थालेपछि लागुपदार्थका दुर्व्यसन र कारोबारी गिरोहले केही वर्षयता औषधी पसलमा सहजै प्राप्त गर्न सकिने दुखाई कम गराउने र मानसिक रोग लाग्दा निदानका लागि सेवन गर्ने औषधीहरू प्रयोग गर्न थालेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १ : ५७ बजे

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको

शुक्रबारसम्म देशका विभिन्न भू-भागमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा