नवौँ पटकको उद्‌घाटनमा पनि ढुक्क छैन मेलम्ची « Khabarhub

नवौँ पटकको उद्‌घाटनमा पनि ढुक्क छैन मेलम्ची



काठमाडौं – नेपालका राजनीतिक दलमा उद्‌घाटन मोह कती होला ? धेरै सोच्नु पर्दैन ! मेलम्ची खानेपानी आयोजनाको हविगत हेर्नुभयो भने सबै कुरा छर्लङ्गै हुन्छ। निर्माण सुरु गरेको २२ वर्षमा काठमाडौं झरेको मेलम्ची हालसम्म स्थायी बन्न सकेको छैन।

विक्रम संवत २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भएपछि निरन्तर कार्य भइरहेको मेलम्चीको २०७७ असार २१ मा पहिलोपटक पानी पथान्तरण भएको थियो।

सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन्।

मेलम्ची खानेपानी आयोजनाको हविगत हेर्नुभयो भने सबै कुरा छर्लङ्गै हुन्छ। निर्माण सुरु गरेको २२ वर्षमा काठमाडौं झरेको मेलम्ची हालसम्म स्थायी बन्न सकेको छैन।

३५ अर्ब लगानीमा निर्माण सकिएको मेलम्ची काठमाडौं झरेको एक हप्तामै अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो। फागुन १० मा तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरणको शुभारम्भ गरे।

फागुन २२ मा सुन्दरीजलमा आइपुगेको पानीलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले गेट खोलेर बाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए।

२०७७ चैत १५ मा महाँकालमा रहेको पानी पोखरीमा औपचारिक कार्यक्रम गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको पानी वितरण सुरु गरेको थियो।

त्यसको एक हप्तापछि २०७७ चैत २३ मा काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्यको उद्‌घाटन गरेकी थिइन्।

३५ अर्ब लगानीमा निर्माण सकिएको मेलम्ची काठमाडौं झरेको एक हप्तामै अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो।

यो उद्‌घाटन पनि लामो समय टिकेन। २०७८ असार १ गते आएको बाढीले आयोजनाको मुहान क्षेत्रमा क्षती पुर्यायो। अस्थायी बाँध बनाइसकेपछि चैत १९ मा खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरे।

मुहान क्षेत्र मर्मतको काम नसकिँदै मेलम्चीलाई काठमाडौं ल्याउने हतारोमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा देखिएका थिए। तर, अन्तिम समयमा आएर देउवा उद्‌घाटन होडबाट बाहिरिए। २०७८ चैत २८ गते निर्वाचनको मुखमा खानेपानी मन्त्री उमाकान्त चौधरीले चुनाव प्रभावित पार्ने गरी फेरि एक पटक मेलम्ची पानी सुन्दरीजल पठाउन पथान्तरको उद्घाटन गरेका थिए।

त्यसपछि केही समय आएको मेलम्चीको पानी २०८० असार २० गते दुई महिनाका लागि भन्दै बन्द गरिएको थियो। दुई महिनाका लागि भनेर बन्द भएको मेलम्ची ६ महिनापछि फेरि उद्‌घाटन हुने भएको हो।

२०८० असार २० गते दुई महिनाका लागि भन्दै बन्द गरिएको थियो। दुई महिनाका लागि भनेर बन्द भएको मेलम्ची ६ महिनापछि फेरि उद्‌घाटन हुने भएको हो।

नवौं पटकको औपचारिक मेलम्ची उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहभागी जनाउँदै छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डले सिंहदरबारबाटै मेलम्चीको पानी पथान्तरणको शुभारम्भ गर्नेछन्।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ४४ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन