स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई « Khabarhub

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई ४–१ गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

स्पेनिस सुपर कपमा रियलको यो १३औँ जित हो । बार्सिलोनाले सर्वाधिक १४ पटक जितेको छ ।

रियलका लागि भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए भने एक गोल रोड्रिगोले थपेका थिए । यस्तै, पराजित भएको बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए ।

खेलको सातौँ मिनेटमा भिनिसियसले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, उनले नै १० मिनेटमा अर्को गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ३३औँ मिनेटमा बार्सिलोनाका लागि लेवान्डोस्कीले एक गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा ल्याए ।

तर यसको ६ मिनेट नबित्दै ३९औँ मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत ह्याट्रियक पूरा गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए ।

यसैगरी, खेलको ६४औँ मिनेटमा रोड्रिगोले एक गोल थप्दै रियल मड्रिडको जितलाई झनै सहज बनाए ।

यो जितसँगै रियल मड्रिडले अघिल्लो वर्षको फाइनलमा बार्सिलोनासँग हारको बदला लिएको छ । सो फाइनलमा रियल ३–१ गोलले पराजित भएको थियो ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ०१ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का