काठमाडौँमा आजदेखि मेलम्चीको पानी पुनः वितरण गरिँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने | Khabarhub Khabarhub

काठमाडौँमा आजदेखि मेलम्चीको पानी पुनः वितरण गरिँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा आजबाट मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट बिहान ९ बजे मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्दैछन् । गएको वर्षायाममा रोकिएको पानी वितरण आजबाट फेरि सुरु हुन लागेको हो ।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनको भनाइ छ ।

बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो ।

२८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ ।

२०७८ साल असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण हुन सकेको थिएन ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : २३ बजे

२५ करोड मुनिका कम्पनीले आईपीओ निष्कासन गर्न पाउने 

काठमाडौं– नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र

सरकारी बजेट खर्चने निकाय नै ‘एक्ट्रा बजेटरी’, विनियोजन प्रभावित गर्ने बाटो खुला (अध्यादेशसहित)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सिफारिस

आशिका तामाङलाई रिहाइको माग गर्दै उच्च अदालतमा रिट

काठमाडौं– सामाजिक अभियन्ता आशिका तामाङलाई सरकारले गैरकानूनीरुपमा थुनामा राखेको भन्दै उच्च

सात वटै प्रदेशमा पठाइयो एचपीभी खोप 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन

४२ दिनमै ३ चरणमा सकिन्छ युद्धविरामका सबै काम 

काठमाडौं– हमास र इजरायलबिच भएको युद्धविराम अनुसार सुरुवातमा ३ इजरायली