देवघाटमा मकर संक्रान्ति स्नान गर्न भक्तजनको घुइँचो « Khabarhub

देवघाटमा मकर संक्रान्ति स्नान गर्न भक्तजनको घुइँचो


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

चितवन– पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्ति (मकर संक्रान्ति)मा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । हिजो बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो ।

अहिले पनि भक्तजन आउने क्रम जारी छ । कतिपय भक्तजन स्नान गरेर फर्किन थालेका छन् । सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने तथा उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।

विगत वर्षमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ । समितिले पाँच लाखभन्दा बढी भक्तजन आउने जनाएको छ । अधिकांश भक्तजनले नदीमा स्नान गर्ने भएकाले गहिरो ठाउँमा नजान आह्वान गर्दै डोरी टाँगेर स्नान गर्ने क्षेत्र छुट्याइएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ४० बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न