बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनहम « Khabarhub

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनहम


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटनहमले बराबरी खेलेका छन् । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र टोटनहमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

म्यानचेस्टर युनाइटेडले खेलमा दुई पटक अग्रता बनाए पनि सो अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको थियो ।

खेलको तेस्रो मिनेटमा नै रासमस होजलण्डको गोलमा अग्रता लिएको म्यानचेस्टर युनाइटेडले खेलको १९औँ मिनेटमा गोल खाएको थियो । टोटनहमका लागि रिचार्लिशनले बराबरी गोल गरेका थिए ।

त्यसपछि खेलको ४०औँ मिनेटमा मार्कश राशफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पुनः अग्रता दिलाएका थिए । तर दोस्रो हाफको पहिलो मिनेटमा नै टोटनहमका रोड्रीगो बेन्टानकरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो बराबरीपछि टोटनहम २१ खेलबाट ४० अंक जोडेर लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेड ३२ अंकसहित सातौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ०९ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन