कालीमाटीमा आज फलफूल तथा तरकारीको मूल्य कति छ ? | Khabarhub Khabarhub

कालीमाटीमा आज फलफूल तथा तरकारीको मूल्य कति छ ?


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज हरियो अंगुरको मूल्य प्रतिकेजी २२० रुपैयाँ रहेको छ । यस्तै, कालो अंगुर ३२०, केरा दर्जनको १३०, अनार २५०, किबी ३००, एभोकाडो २५०, अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसैगरी, नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १५, अदुवा १५०, रातो आलु ३४, रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७०, हरियो फर्सी लाम्चो ३५, डल्लो हरियो फर्सी ४० रुपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ४०, रायो साग ३०, चम्सुर, पालुँगाे, मेथी, सौफको साग ९० रुपैयाँमा र जिरीको साग ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ११० र पुदिना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा ५०, लाम्चो भान्टा ४० र हरियो धनियाँ १२० रुपैयाँ पाइने समितले जनाएको छ।

यस्तै, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३६० र मुङ्ग्री माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : ४० बजे

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न

बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्र ध्वस्त (तस्बिरहरू)

काठमाडौं– मंगलबार बिहान रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन

गाजा – गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको

कार्टुन एनिमेसन बनाउन सम्झौता

काठमाडौं – कार्टुन एनिमेसनलाई प्रयोग गर्दै पुतली बनाउने विषयमा ओम