कालीमाटीमा आज फलफूल तथा तरकारीको मूल्य कति छ ? « Khabarhub

कालीमाटीमा आज फलफूल तथा तरकारीको मूल्य कति छ ?


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज हरियो अंगुरको मूल्य प्रतिकेजी २२० रुपैयाँ रहेको छ । यस्तै, कालो अंगुर ३२०, केरा दर्जनको १३०, अनार २५०, किबी ३००, एभोकाडो २५०, अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसैगरी, नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १५, अदुवा १५०, रातो आलु ३४, रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७०, हरियो फर्सी लाम्चो ३५, डल्लो हरियो फर्सी ४० रुपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ४०, रायो साग ३०, चम्सुर, पालुँगाे, मेथी, सौफको साग ९० रुपैयाँमा र जिरीको साग ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ११० र पुदिना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा ५०, लाम्चो भान्टा ४० र हरियो धनियाँ १२० रुपैयाँ पाइने समितले जनाएको छ।

यस्तै, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३६० र मुङ्ग्री माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : ४० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच