‘उपहार’को पोस्टर : चियावाली रेखाको जोडीमा मुकुन  « Khabarhub

‘उपहार’को पोस्टर : चियावाली रेखाको जोडीमा मुकुन 


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकसाथ चलचित्र ‘उपहार’को चार पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा रेखा थापा, मुकुन भुषाल, बेनिशा हमाललाई विशेष स्थान दिइएको छ । 

एक पोस्टरमा तीन जोडी देख्न सकिन्छ । रेखा थापाको जोडी नायक मुकुन भुसालसँग जोडिएको छ । अर्को पोस्टरको पृष्ठभूमिका चिया घर देखाइएको छ भने थर्मस भिरेकी रेखा चिवालीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । अभिनेता भुसाल ह्विलचेयरमा देखिएका छन् । 

एक पोस्टरमा वकिलको गेटअपमा देखिएकी नायिका बेनिशा हमाल अर्को पोस्टरमा भने अभिनेता तेज गिरीसँग विवाहको पहिरनमा देखिन्छिन् । 

नव नायक समर्पणजंग कार्कीसँग जोडी बाधिँएकी नायिका पूजा शर्मा भने हसिली देखिन्छिन् । एक पोस्टरमा भने फिल्मका मुख्य कलाकारसहित वरिष्ठ कलाकारहरू राजाराम पौडेल, किरण केसी (राता मकै), निर्मल शर्मा (गैडा) र शिशिर राणाले स्थान पाएका छन् ।

पोस्टरबारे अभिनेता भुषाल भन्छन्, ‘पोस्टरले त खासै केही बोलेको छैन । फिल्मबारे थोरै मेसो पाउन टेलर नै कुर्नुपर्छ ।’ 

रेखा फिल्मस् र कपनगढी सिनेमाको संयुक्त ब्यानरमा बनेको यो फिल्म फागुन २५ गते प्रदर्शनमा आउँदै छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो फिल्मको निर्माता सुलभप्रतिक देउजा र समीक्षा देउजा हुन् भने कार्यकारी निर्माता बलराम शाही हुन् । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १ : ०२ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने