हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी | Khabarhub Khabarhub

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले हाइपरसोनिक युद्धाभ्यासयुक्त नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको सोमबार बताएको छ । उक्त परीक्षण दक्षिण कोरियाली र अमेरिकी लक्ष्यहरूलाई धम्की दिनका लागि उन्नत हतियारको खोजीमा पछिल्लो सफलता भएको उसको भनाइ छ । 

प्योङयाङको यस वर्षको पहिलो ज्ञात हतियार परीक्षण र ठोस–इन्धन हाइपरसोनिक मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र (आइआरबिएम) को पहिलो परीक्षण सोलको सेनाले आइतबार दिउँसो पत्ता लगाएको थियो । 

आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) को संक्षिप्त रिपोर्टले ठोस–इन्धन आइबिआरएमबी हाइपरसोनिक युद्धाभ्यास नियन्त्रित वारहेडयुक्त भएको बताएको छ । परीक्षणको उद्देश्य हतियारको ‘ग्लाइडिङ र कौशलता विशेषताहरू’ तथा ‘नयाँ विकसित बहुचरण उच्च थ्रस्ट ठोस-इन्धन इन्जिनको विश्वसनीयता’ लाई प्रमाणित गर्नका लागि भएको केसिएनएले बताएको छ ।

केसिएनएले आइतबारको प्रक्षेपणबाट कुनै पनि छिमेकी मुलुकको सुरक्षामाथि कुनै असर नगरेको र यसको क्षेत्रीय अवस्थासँग कुनै सरोकार नभएकोसमेत बताएको छ । यद्यपि प्योङयाङले दक्षिण कोरियासँगको मुलुकको तनावपूर्ण सामुद्रिक सीमा नजिकै लाइभ-फायर अभ्यास आयोजना गरेको केही दिनपछि यो परीक्षण भएको छ । यसले जबाफी अभ्यास र केही दक्षिण कोरियाली सीमावर्ती टापूहरूलाई खाली गर्न आदेशलाई प्रेरित गरेको छ ।

गत साता उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई आफ्नो ‘प्रमुख दुश्मन’ को संज्ञा दिएपछि र प्रमुख हतियार कारखानाहरूको भ्रमण गर्दा दक्षिण कोरियालाई नष्ट गर्न आफूले कुनै सङ्कोच नमान्ने चेतावनी दिएपछि यस्तो परीक्षण भएको छ । 

सोलको रक्षा मन्त्रालयले प्रक्षेपणको निन्दा गर्दै उत्तर कोरियाले दक्षिणविरुद्ध ‘प्रत्यक्ष उत्तेजना’ गरेको खण्डमा ‘अत्यधिक प्रतिक्रिया’ दिने बताएको छ । उत्तर कोरियाको यो व्यवहार स्पष्टरूपमा उत्तेजित पार्ने खालको छ ।

ठोस-इन्धन क्षेप्यास्त्रहरूलाई लुकाउन सजिलो हुन्छर यसलाई फायर गर्न छिटो हुन्छ। हाइपरसोनिक क्षेप्यास्त्रहरूले सामान्यतया प्रयोगकर्ताहरूलाई लक्ष्यमा राम्रोसँग हिट गर्नका लागि उडानमा कौशलता देखाउन अनुमति दिन्छ । दुवै प्रविधि लामो समयदेखि मिको उद्देश्यहरूको सूचीमा छन् । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : ०२ बजे

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

एसीसी यु-१६ : भुटानविरुद्ध नेपालका बजगाईं र श्रीवास्तवले बनाए अर्धशतक

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै