नेपालीको मौलिक खाना : तरुलदेखि गंगटोसम्म « Khabarhub

नेपालीको मौलिक खाना : तरुलदेखि गंगटोसम्म


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुजातीय, बहुधार्मिक एवं बहुसांस्कृतिक देश नेपालमा मानिसहरुको भेषभूषा र रहन सहन मात्र होइन, पाकशास्त्र पनि फरक छ । नेपाली मौलिक स्वादका विभिन्न परिकार बन्ने गरेका छन् । खासगरी सबै समुदायको साझा पर्वमा रुपमा रहेको माघे संक्रान्तिका दिन काठमाडौंको टुँडिखेलमा सोमबार यस्तै परिकारहरुको स्वाद चाख्न पाइयो ।

थारु समुदायमा माघी पर्वको विषेश महत्व छ । यस पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व पूर्वी तराई सप्तरी, सिराहा तथा पश्चिममा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायमा मनाइन्छ ।

कैलाली, कञ्चनपुरलगायतका थारु वस्तीमा माघको रमझम पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । माघीको अघिल्लो दिन थारु समुदायमा जिता मर्ना अर्थात सुँगुर मार्ने र खाने माघ १ गते उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ ।

यसदिन वर्षभरि गरिने कामहरुको बाँडफाँड गर्ने, गाउँमा मुखिया अर्थात बड्घर छान्ने गरिन्छ । साथै समुदायका व्यक्तिहरु एकै ठाउँ भेला भएर कसैसंग मनमुटाव झैझगडा थियो भने सबै त्यागेर हातेमालो गर्दै अघि बढ्ने बाचा गर्ने प्रचलन रहेको थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष प्रदीप लेखी बताउँछन् ।

थारु समुदायमा खाइने परिकारहरुको पनि आफ्नै महत्व छ । घोँघी, ढिक्री, अनदीको रोटी, मुसाको चटनी लगायत परिकारहरु खाने प्रचलन रहेको सपना लेखि बताउँछिन् । यो समुदायमा गंगटाबाट बनेको परिकार पनि खाने चलन छ ।

पर्वकै अवसरमा काठमाडौंको टुँडीखेलमा ‘थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहित माघी पर्व मनाइएको छ । माघी महोत्सवमा थारु खनपिन र परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १ सय भन्दा बढी स्टलहरू राखिएका थिए ।

त्यसैगरी मगर समुदायमा पनि नयाँ वर्ष माघीमा चेलीबेटीहरुलाई पुज्ने चलन छ । छोरीचेलीहरुलाई बोलाएर मीठो मसिनो खान दिएर गच्छेअनुसार दक्षिणा दिने चलन रहेको मगर संघका केन्द्रीय सदस्य विक्रम थापामगर बताउँछन् ।

माघीको अवसरमा काठमाडौंको टुँडीखेलमा नेपाल मगर संघद्वारा आयोजित ‘माघे सकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ मा मगर भेषभूषा, कला संस्कृति तथा मगर समुदायको मौलिक खानाको परिकार प्रदर्शनीमा राखिएको थियो । साथै समुदायको संस्कृति झल्किने खालका पहिरनमा युवा युवतीहरु सजिएका थिए ।

घुमाउने घर, मादल, हलो, हँसिया, जाँतो लगायत पूर्खाहरुले प्रयोग गर्ने घरायसी सामाग्री र औजारहरु पनि प्रदर्शनिमा राखिएको छ । अहिले यी सामाग्रीहरु लोप हुने अवस्थामा पुगेकाले जगेर्ना गर्न प्रदर्शनिमा राखिएको अभियन्ताहरु बताउँछन् ।

यसका साथै किरात समुदायले पनि नयाँ वर्षका रुपमा माघे संक्रान्ति मनाएका छन् । उनीहरुले पनि यो चाडमा याङबेन लगायतका परिकारहरु बनाएर खाने र रमाइलो गर्ने गर्दछन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ५५ बजे

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा

अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले फागु पर्व (होली)ले नेपाली समाजमा आपसी

इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो

काठमाडौं – इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि