‘मुलुकको समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक’ « Khabarhub

‘मुलुकको समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक’


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा सोमबार दिउसो आयोजना गरेको पत्रकारमा बोल्दै महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको लागि बलियो राजनीतिक शक्तिलेमात्र निकास दिनसक्ने कुरामा जोड दिए।

‘नयाँ पपुलारिटीको रूपमा आएका शक्तिले केही गर्न सक्दैनन्। मुलुकमा केही गर्ने हो भने बलियो राजनीतिक शक्तिले मात्र गर्न सक्छ’, उनले भने।

वर्तमान सरकारका कारण मुलुक वैदेशिक शक्ति केन्द्रहरूको क्रिडास्थल भएको आरोप समेत लगाउदै गठबन्धन सरकारले बजेटरी प्रणाली भन्दा बाहिर गएर आफूले गर्नुपर्ने काम दूतावासमा सुम्पेको विषयमा चिन्ता व्यक्त गरे।  

वर्तमान सरकार र सत्ता गठबन्धनले संविधानको रक्षा गर्न नसकेको र अतिबादलाई प्रबर्द्धन गर्ने काम गरेको बताउँदै एमालेको पुष्पलाल मध्यपहाडी समृद्धिको यात्राले जनतामा केही आशा थपेको उल्लेख गर्दै यो यात्रा एमालेको मात्र नभएको समग्र राष्ट्रको संकल्प यात्रा भएको ठोकुवा गरे।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ४७ बजे

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा

केन्द्रीय बैंक ८५ अर्बको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल