‘मुलुकको समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक’ « Khabarhub

‘मुलुकको समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक’


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा सोमबार दिउसो आयोजना गरेको पत्रकारमा बोल्दै महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको लागि बलियो राजनीतिक शक्तिलेमात्र निकास दिनसक्ने कुरामा जोड दिए।

‘नयाँ पपुलारिटीको रूपमा आएका शक्तिले केही गर्न सक्दैनन्। मुलुकमा केही गर्ने हो भने बलियो राजनीतिक शक्तिले मात्र गर्न सक्छ’, उनले भने।

वर्तमान सरकारका कारण मुलुक वैदेशिक शक्ति केन्द्रहरूको क्रिडास्थल भएको आरोप समेत लगाउदै गठबन्धन सरकारले बजेटरी प्रणाली भन्दा बाहिर गएर आफूले गर्नुपर्ने काम दूतावासमा सुम्पेको विषयमा चिन्ता व्यक्त गरे।  

वर्तमान सरकार र सत्ता गठबन्धनले संविधानको रक्षा गर्न नसकेको र अतिबादलाई प्रबर्द्धन गर्ने काम गरेको बताउँदै एमालेको पुष्पलाल मध्यपहाडी समृद्धिको यात्राले जनतामा केही आशा थपेको उल्लेख गर्दै यो यात्रा एमालेको मात्र नभएको समग्र राष्ट्रको संकल्प यात्रा भएको ठोकुवा गरे।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ४७ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी