सङ्घीय सरकारले तीन करोड माथिका योजना मात्रै कार्यान्वयन गर्छ : अर्थमन्त्री | Khabarhub Khabarhub

सङ्घीय सरकारले तीन करोड माथिका योजना मात्रै कार्यान्वयन गर्छ : अर्थमन्त्री


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – अर्थमन्त्री डा प्रकाशरण महतले आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले रु तीन करोड भन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाँउपालिका–५ शेराबगरमा ‘गोरु जुधाइ प्रतियोगिता’ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय सरकारले रु तीन करोडभन्दा माथि र प्रदेश सरकारले रु एक करोडभन्दा माथिको योजना मात्रै सञ्चालन गर्ने नयाँ नियम बनाइएको जानकारी दिए।

“तीन तहमा रहेका सरकारले के–कस्तो योजना कार्यान्वयन गर्ने भन्ने अस्पष्टता अन्त्य गर्दै योजनामा बजेटको आकारको सीमा तोकिएको हो ।” उनले भने, “ससाना र टुक्रे योजना निरुत्साहित गर्न कुन सरकारले कति आकार बजेटको योजना कार्यान्वयन गर्ने भन्ने नयाँ नियम बनाइएको छ । तोकिएको आकारभन्दा कमको योजना ल्याउन पाइन्न भने त्योभन्दा बढी आकारको ल्याउन प्रोत्साहन गरिनेछ ।”

उनले राज्य पुनःसंरचना पश्चात अधिकार सम्पन्न तीन तहको सरकारको स्थापना भएकाले जनताको माग, गुनासो र समस्याको समाधान गर्न तीनै तहको सरकार सक्रिय भएर लागेको बताए । योजना, कार्यक्रम र बजेटको कार्यान्वयनमा तीन तहमा रहेका सरकारले जनताको समस्याको प्राथमिकीकरण गरेर सम्बोधन गर्दै आइरहेकाले सोहीअनुसार विकासको गति पनि तीब्र गतिमा रहेको उनको भनाइ छ ।

“संघीय, प्रदेस र स्थानीयतहले कुन–कुन योजनालाई सम्बोधन गर्ने भन्नेमा समन्वयन गरेर योजना कार्यान्वयनमा लागि रहेका छौँ ।” उनले भने, “नुवाकोटसहित प्रत्येक जिल्लामा सम्बन्धित क्षेत्रको प्रतिनिधिसँगको समन्वयनमा तर्जुमा गरिएका योजनाको प्रभावकारी कार्यान्वयनमा तीन तहको सरकार प्रतिबद्ध छ ।”

नुवाकोटमा पछिल्ला वर्षमा बजेटको आकार घटेको र बहुवर्षीय योजनामा सुनिश्चित भएका योजना अपूर्ण रहेकाले यस वर्ष अन्य जिल्लाको भन्दाबढी बजेट विनियोजन गरिएको उनले जानकारी दिए। “सडक, सिँचाइ, खानेपानीलगायत बजेटको आधार बढाइएको छ । अझै अपुग योजनालाई आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनेछ” उनले भने।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : २८ बजे

‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति रास्वपाको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे

आजका समाचार : सर्वोच्चले जोगाइदियो ५२ भाइको जागिर, कुलिङ पिरियडमा छानविन समिति बन्दै, प्रधानमन्त्री रियल मड्रिडमा र फुटबलर जोटा दुर्घटनामा बिते   

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकनप्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको

नेपाल औषधि लिमिटेडले आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि

एजेन्सी – अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार