टोखामा ‘चाकु दिवस’ मनाइयो « Khabarhub

टोखामा ‘चाकु दिवस’ मनाइयो


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइएको छ । नेवाः गुठी टोखाको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आज ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगर प्रमुख प्रकाश अधिकारीले टोखाको चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिकाले पहल गरिरहेको बताए । उनले टोखाको नेवार समुदायले आफ्नो संस्कृतिलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सराहना व्यक्त गर्नुभयो । रञ्जना लिपिलाई अगाडि बढाउन टोखा नगरपालिका लागेको उनको भनाइ थियो । उनले टोखाको संस्कृति धरोहरलाई जोगाउनका लागि टोखा नगरपालिका लागिरहेको बताए ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व जोगाइराख्न टोखाको नेवार समुदायले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। टोखाको ऐतिहासिक परम्परालाई जोगाइराख्न महत्वपूर्ण योगदान गर्ने विशिष्ठ व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा नेवाः गुठीले लामो समयदेखि टोखाको परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो । टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई रु २५÷२५ हजार नगदसहित सम्मान गरिएको थियो ।

टोखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर टोखाको साख जोगाएका खेलाडी, हास्यव्यङ्ग्य विद्या, मौलिक घर संरक्षणकर्ता र विभिन्न खलःलाई समेत सम्मान गरिएको थियो । नेवाः गुठीले टोखाको संस्कृति, सम्पदा, सङ्गीत, वाद्यवादन, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको थियो ।

नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले टोखाभित्र उत्पादित सामग्रीलाई चाकु दिवसमा प्रदर्शन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा टोखाको परम्परागत हस्तकलाको प्रदर्शनी, चाकुको प्रदर्शनी, विभिन्न बाजाको प्रदर्शनी गरिएको थियो ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ । उखुखेती हुने टोखामा लिच्छवीकालको पाँच सय १९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । हाल टोखामा १४ चाकु उद्योग रहेका छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १० : ३८ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा