राष्ट्रियसभा निर्वाचनमा गठबन्धनलाई सघाउन उपसभापति खड्काको आग्रह | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनलाई सघाउन उपसभापति खड्काको आग्रह


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रिसभा सदस्य निर्वाचनमा सत्तागठबन्धनका साझा उम्मेदवारका पक्षमा मतदान गर्न भक्तपुरका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाको निवासमा उनको स्वास्थ्यलाभको कामना गर्न पुगेका रक्षामन्त्री खड्काले राजनीतिक छलफलका क्रममा यस्तो आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसबाट विजयी हुने सांसद, कांग्रेसका प्रदेशसभा सदस्य, जिल्लाका कांग्रेसका नेता एवं पदाधिकारीहरु, प्रतिनिधिसमेतको भेटघाट एवं छलफलमा उनले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई विजयी गराउनुपर्ने कर्तव्य पार्टीमा आएको बताए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले पार्टी केन्द्रीय कार्यसमितिले जारी गरेको सर्कुलरलाई आत्मसात् गर्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका पक्षमा मतदान गर्नु प्रतिनिधि सबैलाई आह्वान गरेको नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १० : ५३ बजे

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।

बाँझो जग्गामा ड्रागन फ्रुट, मनग्य आम्दानी

बागलुङ – कालीगण्डकी नदी किनार खनियाबासस्थित पाँच रोपनी बाँझो जग्गाले

छुम्बी लामा बने क्यानको प्रवक्ता

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई

विकास र समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

बुटवल उपमहानगरको बजेट पारित

लुम्बिनी – बुटवल उपमहानगरपालिकाको पन्ध्रौँ अधिवेशनले आगामी आर्थिक वर्षको बजेट