विश्वकप लिग– २ आजदेखि सुरु हुँदै, पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने « Khabarhub

विश्वकप लिग– २ आजदेखि सुरु हुँदै, पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग– २ (२०२३–२०२७) को सिरिज आजदेखि सुरु हुँदैछ । सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौँमा सिरिज हुन लागेको हो ।

आज पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम हिजो सार्वजनिक गरेको थियो ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग– २ खेल्ने टिममा समावेश गरेको छ । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ ।

क्यानले लिग– २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलसन झालाई पनि समेटेको छ । लिग– २ को सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् ।

आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९–२०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया शुरु गरेको थियो ।

लिग– २ मा ८ देश सहभागी छन् । जसमा नेपालसहित नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आईसीसीका अनुसार लिग– २ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिका यस्तो छ–
फागुन ३ गते बिहीबार– नेपाल र नामिबिया
फागुन ५ गते शनिबार– नेपाल र नेदरल्याण्ड्स
फागुन ७ गते सोमबार– नामिबिया र नेदरल्याण्ड्स
फागुन ९ गते बुधबार’ नेपाल र नामिबिया
फागुन ११ गते शुक्रबार– नामिबिया र नेदरल्याण्ड्स
फागुन १३ गते आइतबार– नेपाल र नेदरल्याण्ड्स

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ७ : ४२ बजे

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै