माओवादीको विधान सम्मेलन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने « Khabarhub

माओवादीको विधान सम्मेलन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आज सकिँदैछ । फागुन १ गतेबाट सुरु भएको अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको मस्यौदामाथि २० मध्ये १३ वटा समूहले छलफलबाट आएका सुझाव प्रस्तुत गरेका छन् । आज बाँकी ७ वटा समूहले प्रस्तुती दिने छन् ।

महासचिव देवप्रसाद गुरुङले गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसके पछि हिजोबाट प्रस्तुतिकरण सुरू भएको जानकारी दिएका छन् ।

२० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रूप दिइने माओवादीले जनाएको छ ।

आज बाँकी समूहको प्रस्तुती सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । विधान पारित गर्दै अधिवेशन आजै सक्ने माओवादीको तयारी छ ।

प्रस्तुती दिएका अधिकांश समूहले नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत हुनुपर्ने, कमिटी छरितो हुनुपर्ने, पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने सुझाव दिएका छन् ।

जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउनुपर्ने, संघीयताको मर्मलाई ध्यान दिँदै समन्वय समिति नै राख्नुपर्ने तर अधिकार थप दिनुपर्ने सुझाव छन् ।

यसैगरी, निर्वाचन आयोग, अनुशासन आयोग र लेखा परीक्षण आयोगलाई पूर्ण रुपमा शक्तिशाली बनाउनु पर्ने, आयोगका समिति पालिकास्तरसम्म विस्तार गर्नुपर्ने सुझाव छन् ।

आजको बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु हुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ८ : ४३ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले