कपिलवस्तु बस दुर्घटनामा मृत्यु भएका दश जनाकै सनाखत « Khabarhub

कपिलवस्तु बस दुर्घटनामा मृत्यु भएका दश जनाकै सनाखत


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान छन् ।

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त –४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट, भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त– २ का सुदीप भट्ट र पुनरवास–९ का बिसफाटा विमलादेवी भट्टको पहिचान खुलेको छ ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुप– प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो ।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १० : २९ बजे

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।