कपिलवस्तु बस दुर्घटनामा मृत्यु भएका दश जनाकै सनाखत « Khabarhub

कपिलवस्तु बस दुर्घटनामा मृत्यु भएका दश जनाकै सनाखत


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान छन् ।

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त –४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट, भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त– २ का सुदीप भट्ट र पुनरवास–९ का बिसफाटा विमलादेवी भट्टको पहिचान खुलेको छ ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुप– प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो ।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १० : २९ बजे

कांग्रेसद्वारा विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन

काठमाडौं- नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक