मुलुक समृद्धि बनाउन राष्ट्रिय सहमति आवस्यक : सभामुख घिमिरे « Khabarhub

मुलुक समृद्धि बनाउन राष्ट्रिय सहमति आवस्यक : सभामुख घिमिरे


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्था प्रति बढेको वितृष्णा अन्त्य गर्न, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनैतिक दलहरूबीच छलफल र सहकार्य हुनुपर्ने बताएका हुन् ।

उनले केहीको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरू र नागरिकहरू एकताबद्ध हुनुपर्ने बताए ।

सभामुख घिमिरेले भर्खरै सुरु भएको संसद्को हिउँदे अधिवेशनलाई विगतको अनुभवका आधारमा गतिशील बनाएर लैजानुपर्ने धारणा राखे ।

उनले सरकारले चालू अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयकहरू ल्याउने तयारी गरेकाले यस पटक धेरै कानून निर्माण हुन सक्ने जिकिर गरे।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १ : ०४ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक