कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनसम्म चल्ने, चार प्रतिवेदन पारित हुने  « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनसम्म चल्ने, चार प्रतिवेदन पारित हुने 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठकमा चार वटा प्रतिवेदन पेस गर्नुपर्ने भएकाले बिहीबार र शुक्रबारसम्म बैठक लम्बिन सक्ने प्रवक्ता मीन विश्वकर्माले बताए । 

उनका अनुसार अध्यक्षको समूहले आर्थिक प्रस्ताव पेस गर्छ त्यसको छलफल हुन्छ । उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेस हुन्छ । त्यसलाई केन्द्रीय कार्यसमितिले पास गर्छ ।  

यस्तै यस्तै छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रतिवेदन पेस गर्नेछन् । त्यसलाई पनि केन्द्रीय कार्यसमितिले पास गर्ने र महासमिति बैठकमा पेस हुने कांग्रेसको तयारी छ । महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेस गर्ने तयारी छ ।

यसका लागि बिहीबार र शुक्रबारको समय लाग्ने पार्टीको अनुमान छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।

कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने कांग्रेसको तयारी छ । सो महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेस गर्ने बताइएको छ ।

यो पनि…

महासमिति बैठकको अन्तिम तयारीमा कांग्रेस, २४ सय प्रतिनिधिबाट ८० लाख उठ्ने अनुमान

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १ : ४५ बजे

‘अहिलेको विवादले कांग्रेस फुट्दैन, संसदीय निर्वाचनपछि महाधिवेशनमा जान्छौँ’

काठमाडौं- दुई पक्षको विवादका कारण नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको

दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली– लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ