पुस्तक संकलन गरी लुम्बिनी शिक्षा निकेतनमा पुस्तक मेला « Khabarhub

पुस्तक संकलन गरी लुम्बिनी शिक्षा निकेतनमा पुस्तक मेला


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीको मायादेवी–४ मा अवस्थित लुम्बिनी शिक्षा निकेतनका विद्यार्थीहरूले पुस्तक मेला लगाएका छन् । सरस्वती पूजाको अवसर पारेर कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले एक विद्यार्थी एक पुस्तक संकलन गरी विद्यालय परिसरमा पुस्तक प्रदर्शन गरेका हुन् ।

सैद्धान्तिकभन्दा पनि अन्य पुस्तकहरू पढ्नमा प्रेरित गर्न, अतिरिक्त पुस्तकहरूको पढ्ने बानीको विकास गर्न र पछिल्लो समय विद्यार्थीहरूमा पुस्तकप्रतिको रुचि घट्दो अवस्थामा पुस्तक मेलाले विद्यार्थीहरूमा पढाइप्रति रुचि अभिवृद्धि गर्ने विश्वासका साथ विद्यार्थीहरूकै सक्रियतामा पुस्तक मेला आयोजना गरिएको हो ।

विद्यार्थीहरूले ल्याएका साहित्य, सांस्कृतिक, धार्मिक र ऐतिहासिक लगायतका विभिन्न विधाका पुस्तकहरू विद्यालयले संग्रह बनाई पुस्तकालयमा राख्ने विद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले जानकारी दिए । अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई उपयोगी सबै उमेरलाई सुहाउने प्रकारको उपयोगी पुस्तक मेलाका लागि संकलन भएको छ । ऐतिहासिक पुस्तकहरू पनि विद्यार्थीहरूले संग्रहको रूपमा ल्याएका छन् । संकलित सबै पुस्तकहरू विद्यालयले सम्पत्तिको रूपमा राखी दर्ता र नामाकरण गरी संरक्षण गर्ने छ । विद्यार्थीहरूले खाली समयको सदुपयोग गर्ने, सैद्धान्तिक शिक्षा भन्दा बाहिरका विषयवस्तुको ज्ञान बढाउन र अभिभावकहरूले पनि अध्ययन गर्न पाउने छन् ।

कोर्स बाहिरका किताबले सिकाइमा अहम् भूमिका खेल्ने र यी पुस्तकले अध्यापनलाई सजिलो बनाउने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोविन्द ज्ञवालीले बताए । मेलाले विद्यार्थीको पठन संस्कृति विकास हुने पुस्तकबाट बढी भन्दा बढी फाइदा लिन सक्नु पर्ने अध्यक्ष ज्ञवालीले भने । मेला पश्चात् संकलित पुस्तक विद्यार्थी, अभिभावकहरूले सहजै पढ्न पाउने व्यवस्था विद्यालयले मिलाउने र थप पुस्तकहरूको संग्रह बढाउँदै लैजानेछ । पुस्तकालयले विद्यार्थीलाई पाठ्यपुस्तकसहित बाहिरी ज्ञान लिन सजिलो हुने अध्यक्ष ज्ञवालीले भने ।

विद्यालयले शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै विद्यार्थीको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने गरेको छ ।  लुम्बिनी शिक्षा निकेतन बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको उत्कृष्ट विद्यालयको रूपमा रहेको छ । ९ सय बढी विद्यार्थी रहेको विद्यालयमा बाल विकास देखि कक्षा १० सम्मको अध्यापन हुने गरेकोमा कक्षा ११ र १२ संचालनको लागि पालिकामा निवेदन दिएको छ ।

यस्तै श्री पञ्चमी अर्थात् सरस्वती पुजाको अवसरमा भैरहवा लगायत शैक्षिक संस्थाले सामूहिक पूजापाठ गरेका छन् । अधिकांश शैक्षिक संस्थाले पुजाको अवसर पारेर नि:शुल्क भर्ना लगायतका सुविधा दिई सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताको पूजा, भक्ति अनि आराधना गराउँदै साना साना भाइबहिनीहरूलाई अक्षराम्भ गर्दै सरस्वती पूजा मनाएका छन् ।

विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरूले आ-आफ्ना कलासाधनाका उपादानहरू कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गरेका छन् । यही दिन बालबालिकालाई अक्षर आरम्भ गराउने सर्वोत्तम दिन मानेर पठनपाठन पनि सुरु गराउने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्री पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने, विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने र आजैको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  २ : १३ बजे

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष