आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग हार्‍यो नेपाल « Khabarhub

आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग हार्‍यो नेपाल


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३ ओभरमा भेट्टायो ।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए । ललितराज वंशीले दुई विकेट लिँदा रोहित पौडेलले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो । दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भए ।

कप्तान रोहित पौडेल एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भए ।

नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट हुँदा कुशल मल्लले १५ रन बनाए । सोमपाल कामी २ रनमा आउट भए । गुलसन झाले २१ रन बनाउँदा पवन सर्राफ १२ रनमा पभेलिएन फर्किए । करण केसी १६ रन बनाएर आउट हुँदा ललितराज वंशी शून्य रनमा नटआउट रहे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गिर्हाड इरासमुस एक्लैले ५ विकेट लिए । नेपालले आफ्नो दोस्रो खेलमा शनिबार नेदरल्याण्डसँग खेल्नेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ३ : १९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल