दुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या « Khabarhub

दुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

चितवन– पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरूपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन् । उनले भने, ‘दूध उठ्न छाड्यो । अब कसरी बिक्री वितरण गर्ने ?’ नियमित दूध बिक्री गर्ने अवस्था नभएको उनले बताए। 

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो । दूध बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् ।

बगालेका अनुसार जिल्लाबाट बाहिर जाने दूध उठ्न छाडेपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले दुग्ध उत्पादक किसानलाई सताउन थालेको छ । 

बाहिरबाट आयातित दुग्धजन्य वस्तुका कारण यहाँ उत्पादित वस्तुको बिक्री वितरण हुन नसकेको बगालेले बताए। उनले भने, ‘रात्रिबसमा लुकाइछिपाई न्वाउनी, पाउडर दूधलगायत वस्तु भारतीय नाकाबाट आउने गरेका छन् ।’ सरकारले प्रतिबन्ध गरेका वस्तुसमेत चितवनका बजारमा भेटिँदा स्थानीय प्रशासनले खासै चासो नदिएको उनले आरोप लगाए।

बगालेले भने, ‘यही अवस्था रहे किसान आन्दोलनमा उत्रनुको विकल्प छैन’, किसानहरू सडक सङ्घर्षमा उत्रिएर आफ्नो समस्याको समाधान आफैँले खोज्नुपर्ने दिन नजिकिएको उनको भनाइ थियो । 

रामनगरमा रहेको चितवन मिल्क उद्योगमा उत्पादित वस्तु खपत नहुँदा बन्द गरेपछि अझै समस्या थपिएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष बगालेले बताए। 

बगालेका अनुसार अहिले केही मात्रामा दुग्ध विकास संस्थान (डिडिसी)ले दूध उठाउने गरेको छ । निजी संस्थाहरूले लैजाने दूधमध्ये केही मात्रामा संस्थानले लैजाने भए पनि धेरै दूध उठ्न नसकेको उनको भनाइ थियो ।

दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सबै सरोकारवालाहरूले चासो दिन नसकेको सङ्घले जनाएको छ । दूध नउठ्ने अवस्था आए किसान पलायन हुनुपर्ने बाध्यता आउने उनले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ३ : १९ बजे

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, ६ चालक दलका सदस्यको मृत्यु

एजेन्सी– इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन

औषधि उद्योगमा सम्भावना ठूलो, नीतिगत चुनौती कायमै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा दशौँ ‘फर्मा एक्स्पो’ जारी छ । फागुन

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापा– पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय

इलामका बगानमा चिया टिप्ने चटारो

इलाम– इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको