मुन्सेले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा, भने– वातावरण जादुमयी छ « Khabarhub

मुन्सेले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा, भने– वातावरण जादुमयी छ


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो उपाधि जिताउन निर्णायक भूमिका खेलेका जर्ज मुन्सेले आफूलाई विश्वास गरेर टोलीमा समावेश गरेकोमा धन्यवाद दिएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १५८ रन बनाउँदै सहज जित निकाल्यो।

सुदूरपश्चिमको जितमा मुन्से नायक बने। उनले आक्रामक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए। उनको यो प्रदर्शन एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोरसमेत बन्यो।

खेलपछि प्रतिक्रिया दिँदै मुन्सेले आफूलाई भाग्यले पनि साथ दिएको बताए। टोलीको सफलताप्रति खुसी व्यक्त गर्दै उनले सुदूरपश्चिमबाट केही दिनअघि मात्रै खेल्ने प्रस्ताव आएको खुलासा गरे।

‘सुदूरपश्चिमले केही दिनअघि एक्कासि फोन गरेर खेल्ने प्रस्ताव राखेको थियो। मैले त्यसलाई स्वीकार गरेँ र नेपाल आएँ,’ उनले भने।

मुन्से प्लेअफ चरणका खेल खेल्न मात्रै नेपाल आएका थिए। स्कटल्यान्डकै अर्का खेलाडी ब्रान्डन म्याकमुलेन स्वदेश फर्किएपछि उनको स्थानमा सुदूरपश्चिमले मुन्सेलाई टोलीमा भित्र्याएको थियो।

गत संस्करणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेका मुन्सेले यसपटक भने उत्कृष्ट पुनरागमन गरे। प्लेअफदेखि नै प्रभावशाली प्रदर्शन गरेका उनी फाइनलमा शतक प्रहार गर्दै टोलीलाई ऐतिहासिक उपाधि दिलाउने प्रमुख खेलाडी बने।

मुन्सेले नेपाली क्रिकेट समर्थक र एनपीएलको वातावरणको पनि प्रशंसा गरे। उनले नेपाली क्रिकेटको माहोललाई जादुमयी भन्दै प्रतियोगिताको स्तर उच्च रहेको बताए।

‘सबैभन्दा पहिले नेपाली क्रिकेटका समर्थकलाई धन्यवाद दिन चाहन्छु। नेपाली क्रिकेटको वातावरण नै जादुमयी छ। यो प्रतियोगिता आफैँमा उच्च छ,’ उनले भने।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ९ : ०७ बजे

मुन्सेले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा, भने– वातावरण जादुमयी छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो उपाधि

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी रिजन ढकालले जिते ओमोडाको कार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का उत्कृष्ट नेपाली

मुन्सेले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

काठमाडौं – स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेले नेपाल प्रिमियर लिग (एनपीएल)मा

एनपीएलका आठै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै

लागुऔषधसहित विभिन्न स्थानबाट ३७ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ३७ जनालाई