विधानबारे पदाधिकारीबीच छलफल जारी, सहमति जुटेपछि अध्यक्षले सार्वजनिक गर्ने  | Khabarhub Khabarhub

विधानबारे पदाधिकारीबीच छलफल जारी, सहमति जुटेपछि अध्यक्षले सार्वजनिक गर्ने 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा पार्टी पदाधिकारीबीच विधानबारे छलफल भइरहेको छ । 

पार्टी पदाधिकारीबीच छलफलबाट  सहमति जुटाएर मात्र विधानले पूर्णरूप लिने बताइएको छ । हाल विधानमा कस्ता कुरा संशोधन गर्ने भन्ने कुरा पदाधिकारी बसेर छलफल भइरहेको बैठकमा उपस्थित एक पदाधिकारीले खबरहबलाई बताए । 

ती नेताका अनुसार पदाधिकारीले विधानमा सहमति जुटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्ने छन् । विधानमा सहमति जुटे अध्यक्षले ४ बजेपछि विधान  सार्वजनिक गर्ने बताइएको छ ।

 अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको मस्यौदामाथि २० मध्ये १३ वटा समूहले छलफलबाट आएका सुझाव प्रस्तुत बुधवार नै प्रस्तुत भइसकेको थियो । आज सात  ७ वटा समूहको प्रस्तुति गरेका थिए ।  

यता केन्द्रीय समिति प्रत्यक्ष निर्वाचन गर्ने कुरामा सबै सहमत भएको तर पदाधिकारी चुनिने कुरामा भने विवाद छ ।
माओवादीका युवाहरूले भने पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट चुनिनु पर्ने आवाज उठाइरहेका छन् । 

तर, यसमा नेतृत्व तहका केही नेताहरू केन्द्रीय समितिले पदाधिकारी चुन्नुपर्ने बताइरहेका छन् । माओवादी स्रोतका अनुसार पदाधिकारी केन्द्रीय समितिले नै चुन्नु पर्नेमा सहमति जुट्ने सम्भावना छ  । 

यस्तै पार्टीमा उपाध्यक्ष र उपमहासचिव धेरै भएको भन्दै पदाधिकारीको सङ्ख्या ११ जना र केन्द्रीय समितिको सङ्ख्या १ सय ५१ जना हुनुपर्ने विधान बनाउन माग गरिएको छ । यो पनि पारित हुने सम्भावना छ । 

यस्तै दुई पटक प्रदेशमा बसेपछि केन्द्रीय समितिमा आउन पाइने तथा दुई कार्यकाल केन्द्रीय समितिमा बसेपछि पदाधिकारी हुन पाइने व्यवस्था गरिने पनि बताइएको छ । यस्तै जिल्ला र पालिकाको हकमा पनि दुई कार्यकाल तल्लो कमिटीमा काम गरेको हुनुपर्ने आवाज छ । 

स्थायी समिति पनि खारेज गर्नुपर्ने तीव्र आवाज उठेको छ । जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउनुपर्ने, संघीयताको मर्मलाई ध्यान दिँदै समन्वय समिति नै राख्नुपर्ने र अधिकार थप दिनुपर्ने सुझाव छन् ।

यस्तै हरेक कमिटी छरितो हुनुपर्ने आवाज पनि समावेश छ  । पार्टीको नाम र चुनाव चिह्न पनि फेर्नुपर्ने आवाज व्यापक उठिरहेको छ । चुनाव चिह्न भने फेर्न अध्यक्ष प्रचण्ड पनि सकारात्मक रहेको देखिन्छ ।

माओवादी अधिवेशन : अध्यक्षको विधान मस्यौदामाथि सुझाव संकलन सकियो

माओवादीक‍ो विधान अधिवेशनमा आए चुनाव चिह्नदेखि नामै फेर्नुपर्नेसम्मका सुझाव

पदाधिकारीबारे माओवादी अधिवेशनमा विवाद(विधानको मस्यौदासहित)

माओवादीको विधान सम्मेलन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

माओवादी विधान अधिवेशन स् प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने बलियो मत

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  २ : २४ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार