कांग्रेस कार्यसमिति बैठक लम्बियो, तीन प्रस्तावमा शुक्रबार र शनिबार छलफल हुने  « Khabarhub

कांग्रेस कार्यसमिति बैठक लम्बियो, तीन प्रस्तावमा शुक्रबार र शनिबार छलफल हुने 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ । बिहीबार र शुक्रबार बस्ने भनिएको बैठक शनिबारसम्मका लागि लम्बिएको हो । 

बैठकमा तीन दस्ताबेजमाथि  छलफल हुने पार्टी प्रवक्ता मीन विश्वकर्माले बताए । 

यसैबीच, कांग्रेसले महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेस गर्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेस गर्न लागिएको हो । यस्तै महासमितिमा छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रस्ताव पेस गर्नेछन् ।

महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेस गर्ने तयारी छ ।

बिहीबार पार्टी कार्यालय, सानेपामा जारी बैठकमा तीनै वटा प्रस्ताव पेस गरिएको छ । यसलाई केन्द्रीय कार्यसमिति बैठकले पास गरेर महासमितिमा छलफल गरिने छ ।

यो पनि…

कांग्रेसको कार्यसमिति बैठक लम्बियो, तीन प्रस्तावमा शुक्रबार र शनिबार छलफल 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ५ : ५१ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत