बालुवाटार जग्गा प्रकरण : नेताहरुलाई सफाई, कर्मचारी र विचौलिया दोषी ठहर « Khabarhub

बालुवाटार जग्गा प्रकरण : नेताहरुलाई सफाई, कर्मचारी र विचौलिया दोषी ठहर


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कर्मचारी र विचौलिया दोषी ठहर भएका छन् । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीलाई दोषी ठहर गरेको हो ।

जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई दोषी ठहर भएका छन्।  विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको छ ।

अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्रि शमशेर राणालाई भने सफाइ दिएको छ ।

त्यस्तै यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ पूर्वमन्त्रीले सफाइ पाएका छन् ।

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले सफाइ पाएका हुन् ।

याे पनि…
बालुवाटार प्रकरण : भाटभटेनीका मालिक गुरुङलाई २ वर्ष कैद सजाय
बालुवाटार प्रकरण : विजयकुमार गच्छदारले पाए सफाइ
ललिता निवास जग्गा प्रकरण : रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ७ : ३० बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण