रुस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

रुस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रुस पठाइदिन्छु भन्दै ठगी गरेकाे आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

रु एक लाख ६५ हजार ठगी गरेको अभियोगमा उदयपुरको उदयपुरगढी गाउँपालिका–९ ध्वासे फुलबारी घर भई हाल काठमाडौँको स्वयम्भू बस्दै आएका ३० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले दुई जनालाई वैदेशिक रोजगारीका लागि रुस पठाइ कन्स्ट्रक्सनमा मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले सामाखुसीबाट पक्राउ गरेको हो ।

तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ८ : ३४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र