चरेससहित दुई भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

चरेससहित दुई भारतीय नागरिक पक्राउ


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बारा । बाराबाट प्रहरीले लागूऔषध चरेससहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ३५ किलो लागूऔषध चरेससहित दुई जनालाई बाराको अम्लेखगञ्जबाट प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको टोलीले बुधवार ३२ एनएम ४४७६ नम्बरको भारतीय कारकार चेकजाँच गर्ने क्रममा चरेससहित दुई जनालाई नियन्त्रणमा लिएका हो। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बैहराईच, थाना देहात कोतावाली नाजिरपुरा नई बस्ती बस्ने साफिर अलि र कारमा सवार सोही ठेगाना भएका मोहमद अफजाललाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

लुकाई छिपाई राखेको अवस्थामा खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा चरेस फेला परेको छ।

३५ किलो लागूऔषध चरेस, सिमसहितको दुई थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेतलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत आज म्याद थप गरेर अनुसन्धान तथा कारबाही अगाडी बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ९ : २४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको