दाङमा गोली चल्यो, ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु | Khabarhub Khabarhub

दाङमा गोली चल्यो, ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


29.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा गोली चलेको छ ।  गोली प्रहारबाट डिउटीमा रहेकी महिला प्रहरीको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली प्रहारबाट मृत्यु भएको हो ।

धनमायालाई नेपालगञ्जमा कार्यरत प्रहरी यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन् । उनीहरु पति–पत्नी भएको बताइएको छ ।

झाँक्रीलाई भाग्दै गरेको अवस्थामा लमही अर्जुनखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ९ : ५० बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग